logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक


अंकुरण खबर
923
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ ८–९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गरिएको परिपत्र पार्टीका सबै पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यलाई पठाइएको हो।

‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठकमा उपस्थितिका लागि अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बैठक बोलाइएको छ ।

पार्टीले कुनै पनि महत्त्वपूर्ण विषयमा आधिकारिक निर्णय गर्नुपर्दा कार्यकारिणी समितिको बैठकबाट लिनुपर्ने पार्टीको विधानमा उल्लेख छ । ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये १ जना रेशम चौधरी जेलमा छन् ।

यसअघि गत वर्षको चैत्र ५ गते बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

उपेन्द्र यादवले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा वैकल्पिक सरकार बनाउने लाइन पारित गराउने कुराको जानकारी पाएपछि ठाकुर पक्षले होलीपछि बैठक गर्ने भन्दै स्थगित गर्न लगाएका थिए ।