logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर नगरपालिका-२ क्षेत्रपुर बस्ने सप्तरी घर भएका २३ वर्षीय सुजित कुमार चौधरीको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।

भियानेट कम्पनीमा कार्यरत चौधरी भरतपुर नगरपालिका-९ तिनतले चोकमा विद्युतको पोलमा काम गरिरहेको अवस्थामा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।