logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

प्रधानमन्त्री ओलीको शपथमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


अंकुरण खबर
1.144K
Shares

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा लिएको शपथ बदर गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले मंगलवार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरुको लिखित जवाफ आएपछि अन्तिम निर्णय हुने जनाएको छ । लिखित जवाफ पेस गर्न विपक्षीहरुलाई १६ दिनको म्याद दिइएको छ ।

वैशाख ३१ गते ओलीलाई सपथ गराउँदै राष्ट्रपतिले विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु भन्ने शब्दावली भनेकामा प्रधानमन्त्रीले उक्त शब्द नभनी ‘त्यो पर्दैन’  भनेको विषय सर्वोच्चमा पुगेको थियो ।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवालीलगायतले प्रधानमन्त्रीले शपथको अंश छुटाएकाले पुनः सपथ लिनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।