समाचार

विराट शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट, २ जना पक्राउ

मोरङको बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको हो । अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनीहरुले सडक दुर्घटनामा घाइते भई अस्पताल भर्ना गरिएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै चिकित्सक रेग्मी र स्वास्थ्यकर्मी बस्नेतमाथि आक्रमण गरी घाइते बनाएका थिए ।

आक्रमणबाट डा।रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

Comment here