नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २ सय ८६ पीसीआर परीक्षण र र ६ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म ४ लाख ७६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।
गत २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।