Breaking Newsराजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा थापालाई सहयोग गर्ने नेपालको आश्वासन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

आफ्नै निवास कोटेश्वरमा थापासँग भएको भेटवार्तामा नेता नेपालले पार्टीको विवाद समाधान गर्दै राष्ट्रियसभा उपनिर्वाचनमा थापालाई सहयोग गर्ने आश्वासन दिएका हुन् । नेपालले थापालाई एमालेको उम्मेदवार भएकाले जिताउनु आफ्नो दायित्व भएको बताए ।

जेठ ६ मा हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्नका लागि गृहमन्त्री थापा मंगलवार अपरान्ह नेपाल निवास पुगेका थिए । दुई नेताबीच करिब १ घण्टा छलफल भएको थियो ।

यसअघि एमालेको खनाल–नेपाल समूहले विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटालाई समर्थन गरेको थियो । यता एमालेले आफ्ना उम्मेदवार थापालाई मत दिन आन्तरिक ह्वीप समेत जारी गरिसकेको छ ।

Comment here