Breaking Newsकोरोना विशेष

नेपालमा भेटियो कोभिडको नयाँ भेरियन्ट, थप सचेत रहन मन्त्रालयको अपिल

नेपालमा नयाँ प्रकारको कोभिड-१९ को भेरियन्ट भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपिल जारी गर्दै नेपालमा कोभिडका तीन किसमको ‘भेरियन्ट’ फेला परेको जनाएको छ ।

परिवर्तित नयाँ भेरियन्टको भाइरस भेटिएसंगै थप सचेत हुन मन्त्रालयले सबैलाई अपिल गरेको छ । देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६.१७.१ पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।

नयाँ भेरियन्टको भाइरस थप संक्रामक र जोखिमपूर्ण रहेको विभिन्न अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको अपिल…

Comment here