logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

अब कोभिड विरुद्ध लगाइने फाइजर खोप १ महिना भण्डारण गरि प्रयोग गर्न सकिने


अंकुरण खबर
1.729K
Shares

कोभिड विरुद्ध लगाइने फाइजरको खोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने तथ्य आएको छ ।

युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायको ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा भण्डार गरेर प्रयोगमा ल्याउन सकिने जनाएको हो ।

खोप महिना दिनसम्म भण्डारण गरेर प्रयोगमा ल्याउन मिल्ने हुँदा ईयू सदस्य राष्ट्रहरुलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । यसअघि यस्तो खोप ५ दिन मात्र भण्डारण गरेर प्रयोगमा ल्याउँनु पर्ने हुँदा सबै ठाँउमा पु¥याउन समस्या पर्दै आएको थियो ।

पछिल्लो समय यो खोपको प्रभावकारीता बढ्दो छ । केही हप्ता अघि मात्र यो खोप क्यानडाले १२ देखि १५ वर्षबीचका बालबालिकालाई लगाउँन स्वीकृति दिएको थियो ।