logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दाउन्ने दुर्घटना अपडेट : चार जनाको मृत्यु, ४९ जना घाइते


अंकुरण खबर
1.469K
Shares

पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्रमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४९ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान बर्दघाट खुर्सानीखोला नजिकै दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । त्यस्तै दुर्घटनामा परी ४९ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा अहिलेसम्म रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको सनाखत भएको छ भने, अन्य २ जनाको सनाखत हुन बाँकी छ ।

अहिले घाइते घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको बर्दघाटकै सञ्जीवनी क्लिनिकमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि दुर्घटनाबारे थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना यात्रु भने सकुशल रहेका छन् ।