नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा वर्तमान समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकले वर्तमान अवस्थाको छलफन गरि कांग्रेसको आगामी रणनीति बनाउने बताइएको छ।