नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा गोली चल्दा एक जना घाइते भएका छन् ।
बिहान करीब ९:३० बजेको समयमा स्थानीय र शसस्त्र प्रहरीबीच भनाभन हुदा गरिएको हवाइ फाइरीङमा स्थानीय २२ वर्षीय अभिनास राजभर घाइते भएका हुन् ।
राजभर सिमानाकाबाट भारत प्रवेश गर्न खोज्दा शसस्त्रले रोक्न खोजेपछि दुई पक्षविच भनाभन भएको थियो । यस सम्बन्धि जानकारी लिन नवलपरासी प्रहरी घट्नास्थल तर्फ पुगिसकेको जनाइएको छ ।