logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपनिर्वाचनमा सहभागी हुन ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनु पर्ने


अंकुरण खबर
1.222K
Shares

वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पीसीआर रिपोर्ट देखाउनु पर्नेछ ।

वाग्मतीमा ६ गते र लुम्बिनी प्रदेशमा १७ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षलाई ‘ख’ मा र कोरोना संक्रमण देखिएकालाई ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

वाग्मती प्रदेशको उपनिर्वाचनको मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविलाई तोकिएको छ । राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फ रिक्त सदस्य पदमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन् ।

देवकोटालाई उम्मेदवारीका बेला एमालेको माधवकुमार नेपाल पक्षले पनि सघाएको थियो । तत्कालीन नेकपा विभाजनपश्चात् एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा ६ गते उपनिर्वाचन हुन लागेको हो ।