logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन, आजै अन्त्येष्टि गरिने


अंकुरण खबर
1.989K
Shares

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

९३ वर्षीय बरालको बुधबार बिहान घरमै निधन भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने छ।

बराल २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरीको सर्वोच्च पद आईजीपी भएका थिए। उनी अवकाशपछि वर्माका लागि नेपाली राजदूत समेत भएका थिए।