पार्टीभित्रको विवाद समाधन गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा हिजो तय गरिएको कार्यविधिमा रहेर निरन्तर छलफलका लागि बैठक बस्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङका अनुसार हिजो तय गरिएको कार्यविधि अनुसार निरन्तर छलफलका लागि बैठक बस्न लागेको हो
हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो।आज को बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयारी पारी लागू गर्ने स्रोतले बताएको छ ।