कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।
बैठकले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट चालीस प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट चालीस प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिबाट बीस प्रतिशत मूल्यांकन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनिएको छ ।
