logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १३ अंकले घट्दा, हालसम्मकै सर्बाधिक कारोबार


अंकुरण खबर
663
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार)  सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

आज नेप्से नेप्से १३.०९ अंकले घटेर दुई हजार सात सय ८० दशमलब ८१ विन्दुमा थामिएको छ । हिजो मंगलबार नेप्से ३४.६८ अंकले बढेर दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज कारोबार भएका ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । घटेको बजारमा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स कम्पनी, नेपाल फाइनान्स, कम्पनी कर्णाली डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।