गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अघिकै चार मन्त्रीलाई पुनः नियुक्त गरेका हुन् । पुनः नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै तीन बिनाविभागीय मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले शपथ लिएका हुन् ।
मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने काठमाडौंमा रहेका कारण शपथमा सहभागी भएका थिएनन् ।