आज मौसममा बदली आई केही स्थानमा भारी वर्षाको संभावना रहेको ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको बुलेटिन अनुसार भारतको गुजरातको आसपासमा रहेको चक्रवात ‘ताउ-ते’को प्रभावले देशैभर मौसममा बदली आउँने छ ।
आज दिउँसो भारी वर्षा हुने हुने छ पछि विस्तारै कम हुँदै जाने छ । अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ ।
महाशाखाले आज उच्च हिमाली भू-भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहि कर्णाली,सुदूरपश्चिम र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन आग्रह गरेको छ ।
भोली (शुक्रबार) दिउँसो आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति बाँकी पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पर्सी (शनिबार) दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाकी भू- भागमा भने,आंशिक बदली रहने छ । राति भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ ।