logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने


अंकुरण खबर
819
Shares

आज हुन लागेको बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ ।

आज विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचनमा भाग नलिने जनाएका हुन् ।

निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् ।

उम्मेदवारी दिएका दल र उम्मेदवारहरुले आफुहरुले राखेका अपेक्षा पुरा गर्नेमा विश्वास नलागेकाले पार्टीले पार्टीले यस निर्वाचन भाग नलिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्य मतदाता छन्।