logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा गोली चल्यो, माओवादी केन्द्रका जिल्ला नेतासहित दुई जना घाइते


अंकुरण खबर
741
Shares

कपिलवस्तु जिल्लाको सडवामा गोली चल्दा दुई जना घाइते भएका छन् ।

नेकपा (माओबादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे र इयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

बुधबार राति पाण्डे र मुसलमानमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डे र मुसलमान माथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए ।

पाण्डे तौलिहवाका बासिन्दा हुन् । पान्डेको शरीरका दुई स्थानमा र मुसलमानको शरीरमा एक गोली लागेको जनाइएको छ ।

गोली प्रहार लगत्तै कपिलवस्तुमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन ।