प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञापनपत्र बुझाएका छन् ।
सभापति देउवासहित कांग्रेसका नेताहरू आज सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसँग माग गरिएको छ । ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
तत्काल जनतालाई खोप दिनुपर्ने लगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले निर्णय गरे अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
ज्ञापनपत्रको पूर्णपाठसहित:



