logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगन्जकी ९१ वर्षीया वृद्धाले जितिन् कोरोना


अंकुरण खबर
1.079K
Shares

वीरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले कोरोना संक्रमणलाई जित्न सफल भएकी छन्।

दुई साताअघि संक्रमण पुष्टि भएपछि महानगरले नै सञ्‍चालनमा ल्याएको कोभिड-१९ अस्थायी अस्पतलमा भर्ना भएकी उनी बिहीबार निको भएर डिस्चार्ज भएकी हुन्।

कोरोनाको दोस्रो लहरपछि सञ्चालनमा ल्याइएको उक्त अस्पताल उद्घाटनकै दिन पहिलो बिरामीका रुपमा भर्ना भएकी ९१ वर्षीया वृद्धा कार्की स्वस्थ भएर घर फर्किएको वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले जानकारी दिएका छन्।

उपप्रमुख कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई लिन प्रमुख सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलासहित कोभिड अस्थायी अस्पताल पुगेका थिए। उच्च मनोबल र हिम्मतका साथ वृद्ध उमेरमा पनि उपप्रमुख कार्कीले कोरोना जितेकोमा सरावगीले खुसी व्यक्त गरेका छन्।

‘कोरोनासँग डरेर होइन, डटेर परास्त गर्न सकिन्छ भन्ने जीवन्त उदाहारण वीरगन्ज महानगरको उप-प्रमुख शान्ति दिदी हुनुहुन्छु, उनले भनेका छन्, उहाँ अहिले ९१ वर्षको हुनुहुन्छ। केही दिनअगाडि उहाँ कोभिड-१९ को चपेटामा पर्नु भएको थियो।’