कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री काठमाडौं ल्याइएको हो । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा अत्यावश्यक स्वास्थ्य सामाग्री बोकेको चार्टर्ड जहाज विहीवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान लिएका छन् ।
स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।