logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसद्वारा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


अंकुरण खबर
923
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो । आचारसंहिता विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई नै विजय गराउन मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा भनिएको छ ।