बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा डा.खिमलाल देवकोटा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह लगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।
निर्वाचनमा देवकोटाले ५०८८ मत ल्याए भने, बादलले ४०१४ मत ल्याए ।