पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो ।
आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।
देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ ।