logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै थप ३,२३२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.352K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार २३२ जनामा कोरोना संक्रमित थपिएका छन् । हिजोको तुलनामा यो संख्या आज बढेको हो ।

काठमाडौंका दुई हजार ६०० जना, ललितपुरमा ४०३ जना र भक्तपुरमा २२९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३८९ रहेको मन्त्रालयले बिहीबार जनाएको छ । त्यस्तै, ललितपुरमा हाल ६ हजार ८९५ र भक्तपुरमा चार हजार ७८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ५४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १९० संक्रमितको मृत्यु भएको छ ।