logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको आकस्मिक बैठक बस्दै,राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जाने विषयमा छलफल हुने


अंकुरण खबर
741
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक बैठक केहीबेरमा बस्दै छ ।

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक डाकिएको छ । बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारी सदस्यहरु उपस्थित हुनेछन् । बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने विषयमा यस अघिनै काँग्रेसको छलफल गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम अनुसार शुक्रबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जानेबारे काँग्रेसले यस अघिनै छलफल गरेको छ ।