logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ठाकुर पक्षले बोलायो जसपा संसदीय दलको बैठक


अंकुरण खबर
715
Shares

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले सांसदहरुको बैठक बोलाएको छ ।

बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।

बैठकको खबर ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आफूहरुलाई बैठकबारे खबर नभएको बताएका छन् ।

अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।