नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी छ । बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।
राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन् ।