झापा कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२ ४ च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई गए राति ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।