logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु


अंकुरण खबर
1.209K
Shares

भारतीय वायु सेनाको लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

मिग–२१ लडाकु विमान विहीबार अबेर राति पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनको शव शुक्रबार बिहान फेला परेको छ ।

विमान पश्चिमी क्षेत्रमा नियमित प्रशिक्षणमा थियो । चौधरीले सो लडाकु विमान राजस्थानको सुरतगढबाट उडाएका थिए ।

मिग–२१ लडाकु विमान कुनै एक समय भारतको वायु सेनाको सबैभन्दा भरपर्दो मानिन्थ्यो ।