logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्तरिक छलफलमा जुट्यो नेपाल समूह


अंकुरण खबर
767
Shares

नेकपा एमाले नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएपछि नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबारे थप निर्णय गर्न छलफल जारी रहेको नेपाल निकट एक नेताले जानकारी दिए ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जाने निर्णय गरेको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन् ।