नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ ।
आज (शुक्रबार) बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले बारम्बार संविधानको मर्म र भावनामा कुल्चिएर असंवैधानिक काम गरिरहेको निष्कर्ष निकालेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो असंवैधानिक क्रियाकलाप रोक्न कांग्रेसले सबै दलसँग छलफल गर्न सबै विकल्पमा खुला गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा कांग्रेसको निष्कर्ष छ, ‘संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।’