logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले बोलायो विपक्षी गठबन्धनको सर्वदलीय बैठक, देउवा निवास पुगे प्रचण्ड र यादव


अंकुरण खबर
1.17K
Shares

नेपाली कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक बोलाएको छ ।

विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन् ।

बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अगाडी बढ्ने ? भन्ने विषयमा देउवाले विपक्षी दलका नेताहरुसँग छलफल शुरू गरेका छन्। अहिले देउवा–प्रचण्डबीच छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै, देउवाले जसपाका नेताहरु र माधवकुमार नेपालसँग छलफल गर्ने तयारी गरेका छन्। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले नयाँ सरकार गठनमा सहभागी हुने वा सरकारविरुद्ध जानेबारेमा नेपाली कांग्रेसले अन्य दलसँग छलफल गरेर मात्र निष्कर्णमा पुग्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई धारा ७६ (५) को साहरा लिएकोमा काँग्रेस बैठकले विरोध जनाएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। सहमहामन्त्री महतले भने, ‘अन्य दलसँग पनि आजै छलफल हुन्छ। छलफलबाट आउने निष्कर्ष अनुसार रणनीतिक तय गरेरर अघि बढ्छौ।’