राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् ।
प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) को सरकार गठन प्रक्रिया शुरु गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र राष्ट्रपति भण्डारीले गरेको प्रक्रियाविरुद्ध अधिवक्ताहरु रिट लिएर अदालत पुगेका हुन् ।
अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर र वीरभद्र जोशी छुट्टाछुट्टै रिट लिएर अदालत पुगेका हुन् ।
सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धार ७६ (५) अनुसार नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च पुगेको बताइएको छ ।