logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

माधव नेपाल समूहका सांसदहरुको भेला सिंहदरबारमा


अंकुरण खबर
910
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

छलफलका लागि नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि समय दिएका छन्।

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा राजनीतिक दलहरूको छलफल तीव्र रूपमा भइरहेको छ ।