logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा भन्दा अगाडि नै प्रधानमन्त्री ओली शीतल निवासमा


अंकुरण खबर
1.027K
Shares

प्रधानमन्त्री केपी ओली नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

उनी विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेका जनाइएको छ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ-राजेन्द्र समूहका सांसदहरूले हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्री ओलीलाई बुझाइसकेको बताइएको छ।

ओली पक्षीय एक सांसदले आफ्नो आफ्नो पक्षका लागि आवश्य हस्ताक्षर बिहीबार नै पुर्याइसकेको र प्रधानमन्त्री त्यही लिएर शीतल निवास गएको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको उनले बताए।

विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्य नेताहरूसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्। उनीसँगै एमाले वरिष्ठ नेता पनि छन्।

देउवालाई एमाले नेपाल समूहका २७ र जसपाका १३ सांसदले पनि साथ दिएका छन्।