प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि शीतलनिवासबाट बाहिरिएका छन्।
विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेसँगै ओली पनि शीतल निवास पुगेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष आफू नेकपा एमालेको अध्यक्ष र संसदीय दलको नेता समेत रहेका र माधव नेपालले दिएको हस्ताक्षर वैध नहुने जिकिर गरेका छन्।
विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर दिएपछि बहुमत पुगेको थियो।
विपक्षी मोर्चाका नेताहरु शीतल निवास पुग्दा प्रधानमन्त्री ओली राष्ट्रपतिसँग छलफलमा रहेकाले केही समय कुर्न परेको थियो। विपक्षी नेताहरु शीतल निवास पुगेको केही समयपछि ओली बाहिरिए।