logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, ७८९० जना संक्रमणमुक्त


अंकुरण खबर
663
Shares

आज देशभर ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन् ।

आज देशभर ७ हजार ८९० जना संक्रमित निको भएका छन्। देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ ।