राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।
शुक्रबार राती बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुई चरणमा हुने गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेकी हुन् ।
बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई शुक्रबार साँझसम्मको लागि आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको लागि दाबी गरेका थिए ।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार दुबै दाबीकर्ताको विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दाबी खारेज गरेर निर्वाचनको मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति यस्तो छ :
