logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक


अंकुरण खबर
2.353K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भइसकेको अवस्थाबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री समेत रहेका ओलीले गए राति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।