logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षी गठबन्धनको बैठक शुरु


अंकुरण खबर
1.989K
Shares

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा साझा धारणा बनाउन विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेताहरु सहभागी छन् ।

यसअघि बिहान कांग्रेस सभापति देउवाको निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले विपक्षी गठबन्धनका तर्फबाट संयुक्त रुपमा कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरिसकेको छ ।

गठबन्धनको संयुक्त बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदहरु नै सर्वोच्च अदालतमा रिट लिएर जाने विषयमा छलफल हुने बताइएको छ ।