logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ८९८० जना कोरोना संक्रमित , १२९ जनाको मृत्यु


अंकुरण खबर
1.781K
Shares

पछिल्लो २४ घण्टामादेशभर ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन्।

आज देशभर ८ हजार ८४८ जना संक्रमित निको भएका छन्। देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १५३ जना संक्रमितको मृत्यु भएको छ।