जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा बदली हुने छ ।
पश्चिमी न्यून चापीय प्रणालीको असरले आज दिउँसो देशका सबै पहाडी भेगमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी मंगलबारसम्म मौसमको अवस्था यस्तै रहने छ । आइतबार(आज) बिहान सामान्यतया मौसम सफा देखिए पनि दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति भने प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेश लगाएतका पाहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
भोली (सोमबार) भने दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १,२ लगायत, वाग्मती प्रदेश र गण्डकी प्रदेशको तराईका केही भू-भागमा आंशिक बदली रहने छ । राति भने सामान्यतया मौसम सफा रहे पनि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
मंगलबार(पर्सी) दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ ।