डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको लडेर मृत्यु भएको हो ।
गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ।