नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधव-झलनाथ पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
राईले केही समयअघि नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै निवेदन दिएका छन् ।
पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाल छन् । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।
आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ ।