कोरोना महामारीविरुद्धका स्वास्थ्य सामग्री लिएर आज अमेरिकी कार्गो जहाज काठमाडौं आउने भएको छ।
सिल्क वे एअरलाइन्सको कार्गो जहाज दिउँसो काठमाडौं आइपुग्ने तालिका रहेको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोग र समन्वयमा स्वास्थ्य सामग्री काठमाडौं आउन लागेको हो।
हिजो पनि जहाजले पीसीआर टेष्ट किट, सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित सामग्री काठमाडौं ल्याएको थियो ।
पछिल्ला तीन हप्तामा अमेरिकाले नेपाललाई डेढ अर्ब रुपैयाँभन्दा धेरै बराबरको सहयोग गरेको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालको लागि द्रुत सहयोग गरिरहेको र अहिलेसम्म नेपाललाई कोरोना विरुद्ध लड्न साढे पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बराबरको सहायता प्रदान गरिएको बताएका छन् ।