logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा सांसदको हस्ताक्षर संकलन


अंकुरण खबर
715
Shares

गत शुक्रबार मध्यरात गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न विपक्षी दलहरुले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन तथा संविधानको धारा ७६(५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेर असंवैधानिक काम गरेको भन्दै गठबन्धन सर्वोच्चमा रिट दिने तयारीका लागि हस्ताक्षर गर्न सिंहदरवार भेला भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबै जना भौतिक रूपमा नागरिकतासहित अदालतमा उपस्थित हुने बताइएको छ ।

पार्टीका आधारमा सांसदहरुको छुट्टा छुट्टै हस्ताक्षर संकलन गरिँदै छ। सबैको हस्ताक्षर संकलन गरेर संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी विपक्षी गठबन्धनको छ ।