सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ ।
आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रवार छापावाला सुन प्रतितोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।